एक हजार वर्षेको नैतिकता !



डा. गोविन्दशरण उपाध्याय ।
सन् १९६० ताका विश्वको औसत आयु ५० वर्ष थियो भने नेपालमा ३५ वर्ष त्यसबखत नेपालको शिक्षादर ५ प्रतिशत भन्दा कम थियो । नेपालीहरूको आनीबानी धर्मले निर्देशित हुन्थ्यो । जीवनका हरेक पक्षमा धार्मिकताको प्रत्यक्ष प्रभाव (हस्तक्षेप) थियो । विश्वभरी साम्यवादी, पुँजीवादी र राजतन्त्रकाबिचमा भयङ्कर द्वन्द्व थियो । शक्ति राष्ट्रहरूले आफुले कोलोनी बनाएका राष्ट्रहरूको सम्पति लुटेर पेट भरिएपछि स्वतन्त्रताको नाटक मन्चन गरिरहेका थिए । साथै, स्वतन्त्रता प्रदान गरिएका अधिकांश राष्ट्रहरूमा आगामी दुईसय वर्षसम्म आफ्नो गुणगान र बौद्धिक दासत्व स्वीकार गरेर हिड्ने पुस्ताहरूको विकास ती शक्तिराष्ट्रहरूले छोडेका थिए, जुन आज पनि चलिरहेको छ ।

आज स्वतन्त्रताको अभियान चलिरहँदा विश्वका देशहरू शक्तिराष्ट्रहरूले तयार पारेको भाषा, संस्कृति र आर्थिक जालोमा नराम्रोसंग फसेका छन् । बैज्ञानिक खोजहरू शक्ति राष्ट्रका नागरिकहरूले पैसा कमाउने सबैभन्दा भरपर्दो साधनमा रुपान्तरित भएको छ । समाजवादको इज्जत जोगाउन केही शक्तिशाली र निर्धनराष्ट्रहरूले आफ्ना नागरिकहरूका लागि औषधि–उपचार तथा खाद्यान्नमा पहुँच दिएका छन् जुन सधैं आलोचनाको विषय बन्ने गर्छ । तर पनि विज्ञानको विकासका कारण विश्वको आजको मितिमा विश्वको औसत आयु ७२.६ पुगेको छ भने आम नेपालीहरू पनि ७१.७४ पुगेको छ । अर्थात् २०६० को तुलमामा नेपालीको आयु डवल भएको छ । यो सबै जस विज्ञानलाई दिनुपर्छ ।
सन् १९६० ताकाको नेपालीहरूको नैतिक जीवनका मानकहरू औसत ३५% वर्षको आयुसम्मका लागि निर्धारित थिए । त्यसबखतको नेपाली समाजले ५० वर्षको मान्छेलाई “बूढो“ भन्थ्यो । स्वाभाविक रूपमा त्यसबखतका नैतिक मानदंडहरू धर्म, राज्य तथा सामाजिक चालचलनबाट निर्धारित हुन्थे । त्यसबखतका नैतिक मानकहरू ७० वर्षको आयुसम्मका लागि निर्माण नै भएको हुँदा त्यसबखतका नैतिक मानदण्ड र आजका नैतिक मानदण्डहरूमा फरकपना देखिनु स्वाभाविक हुन्छ । यदि विज्ञानले मान्छेको आयुलाई आजको मितिमा १००० (एकहजार) वर्षको बनाएको भए अथवा मान्छेको प्राकृतिक आयुनै १००० वर्षको हुन्थ्यो भने आजका नैतिक मानदंडहरूको स्वरूप र प्रयोग बिल्कुल फरक हुन्थो ।

कल्पना गरौँ, के १००० वर्षको उमेर बाँच्ने मान्छे र ७२ वर्ष (वैदिक संस्कृति अनुसार १०० वर्ष) बाँच्ने मानवको नैतिक मानदंड एकै होला त ? यो प्रश्नको उत्तर हामीले सङ्क्षेपमा भए पनि विगतका ७ दशकमा (बढेको औषत) परिवर्तित भएका नैतिक मानदण्डहरूको स्वरूप विचार गर्दा प्रष्टसंग बुझ्न सक्छौं । विगतको समाजका सामाजिक, सांस्कृतिक तथा व्यक्तिगत नैतिकताहरू सम्बन्धित समूहभित्र सीमित थिए भने आज धेरथोर रूपमा उपर्युक्त प्रकारका नैतिक मूल्यहरू वैश्विक बनेका छन् । नैतिक मूल्यहरूको आदानप्रदान तीब्रतर रूपमा भैरहेको छ । धार्मिकतहमा होस् वा राजनैतिकतहमा वा सामाजिकतहमा नै किन नहोस् एउटाले अर्काउपर प्रत्यक्षरूपमा प्रभाव परिरहेका छन् । हो, शक्तिशाली र धनी देशका मूल्यहरू बढी विस्तार भएका छन् भने निर्धन देशका नागरिकहरूले अभ्यास गर्ने नैतिक मूल्यहरू थोरै विस्तार भएका छन् ।

साथै विज्ञानको उपयोगिता बढ्दै जाँदा यसले परम्परागत नैतिक मान्यताहरूलाई विस्थापित गर्न थालेको छ अथवा रूपान्तरण गरिरहेको छ । उदाहरणका लागि गर्भनिरोधक वा गर्भपात गर्ने साधनहरू सहजमा उपलब्ध हुँदा सेक्स–सम्बन्धि परम्परागत नैतिक मान्यताहरू खुकुलो हुँदैछन् । फलानो धर्मका अनुयायीमा धार्मिक नैतिकताका सम्बन्धमा प्रश्न गर्ने र केवल सैद्धान्तिकरूपमा स्वीकार गने प्रवृत्ति विकास भएको छ । यसै परिपेक्षमा राज्यले कानुन बनाएर नयाँ प्रकारका नैतिक बाध्यताहरू सृजित गरेका छन् । यसको उदाहरण लेस्बियन र गे–दाम्पत्यलाई स्वीकार गर्नु हो । हालै पोपले सेम–सेक्स म्यारिजका सम्बन्धमा बाइबलका प्रावधान संशोधन गर्नु पर्ने बक्तव्य दिएपछि परम्परावाद र आधुनिकतावाद बहसमा आएका छन् । नेपालकै हकमा अनुभूत विषय हो कि १९५० को दशकमा राजालाई विष्णुको स्वरूप मान्नु नैतिकता थियो भने आजको मितिमा यो सैद्धान्तिक नैतिकताको विषय बनेको छ ।  धेरै समुदाय उपर्युक्त नैतिकताबाट मुक्त समेत भैसकेको छ ।

–केवल ३५ वर्षमा ३५ वर्ष जोदिंदा विश्वले नैतिकताका सवालमा धेरै थोक परिवर्तन गरेको छ भने १००० वर्ष उमेर भएको व्यक्तिका समूहहरूले पालन गर्ने नैतिक मानदंडहरू निश्चयरूपमा एकदम फरक हुने छन् । आजको झैं धर्मकर्म गर्ने, २० वर्षको उमेरमा विवाह गर्ने, २४ वर्ष (विकसित देशमा काम आरम्भ गर्ने औषत उमेर) काम गर्नेजस्ता व्यबहारहरू, ३५ वर्ष मुनि जन्मने बालबालिका स्वास्थ्य हुन्छन् भन्ने मानदंडहरूमात्र व्याबहारिक रहने छैनन् । सायद सेक्सका नैतिक मानदंडहरू, असल र कमसलका मानदंडहरू नितान्त फरक हुने छन् । ७० वर्षको औषत आयुमा गरेर सक्नु पर्ने बाध्यता १००० वर्षमा परिवर्तन भएपछि आजको समाजका लागि तयार पारिएका नैतिक मानदंडहरू नितान्त फरक हुनैपर्छ । १००० वर्ष उमेर भएका मान्छेहरूले “पतिपत्नी“को सम्बन्धमा बाँधिएर आजको झैं “दाम्पत्य धर्म“ पालन गर्छन् भन्ने विषयको अनुमान गर्दा नै अचम्म लाग्छ । सेक्सलाई पापपुण्यसंग जोड्ने आजका पुस्ताको नैतिकता १००० वर्षको उमेर भएको व्यक्तिहरूका लागि पनि स्वीकार्य होला भन्ने अनुमान र बास्तविकतामा धेरै फरक पर्ने निश्चित छ ।

मलाई लाग्छ, आगामी १०० वर्षभित्र विज्ञानको विकासले मान्छेको औषतआयु १००० वर्ष पुग्ने छ वा त्यो भन्दा पनि बढी नै हुनेछ । दार्शनिकहरूले १००० वर्ष जीवित रहने मानव–समाजका लागि “जीवन–जगत, शुभअशुभ, ज्ञान, तथा आदर्शका विषयमा आजदेखिनै सम्भावित सिद्धान्तहरू तयार गर्नेतिर उत्प्रेरित हुनुपर्छ । पूर्वाग्रह मुक्त हुनै सकिने अवस्था छैन तर दुराग्रहरहित भएर उपर्युक्त सम्भावित समस्याको समधानको मार्गचित्रको तयारी गर्नेतिर लाग्नुपर्छ । धार्मिकहरूका लागि उपरोक्त प्रश्न मृत्युसरह हुनेछ भने विज्ञानजगतका लागि स्वाभाविक र दार्शनिकहरूका लागि अतिस्वाभाविक नै हुनेछ ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिचुवानको जहाज र उजाड कालापत्थर बन्दै गरेको माछापुछ्रे

राम थापा, गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद

कानुन संशोधनमा ढिलाइ हुँदा बजेट निर्माण कार्य प्रभावित

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को

राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरूङ र विद्युतगृह निर्माणको काम तीव्र

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण