चिनियाँ षड्दर्शन र भारतवर्षीय दर्शन



डा. गोविन्दशरण उपाध्याय ।
जसरी वैदिक षड्दर्शनका आधारमा समग्र भारतवर्षीय सम्भ्यताको बैचारिक र व्याबहारिक विकास र विस्तार भएको छ त्यसैगरी सम्पूर्ण चिनियाँहरूको मनोविज्ञान उपरोक्त षड्दर्शनका आधारमा स्थापित भएको छ । भारतवर्षीय षड्दर्शनले दार्शनिक दृष्टिकोणलाई बढी प्राथमिकता दिएको छ भने चिनिया षड्दर्शनले सम्पूर्णतालाई (आध्यात्मिक र भौतिक) प्राथमिकता दिएको छ । सबै चिनियाँ सम्प्रदायमा भौतिकवादी चेतना र आध्यात्मवादी चेतना समानरूपले स्वीकार गरिएका छन् । वैदिक दार्शनिक धारअन्तर्गत जैन, बौद्ध र पूर्णभौतिकवादी चार्वाक चिन्तनको विकास समेत भएको छ तर पनि सम्पग्र वैदिक धारा आध्यात्मिक-चिन्तन प्रवल मानिन्छ । भारतवर्षका वासिन्दाहरुको दैनिक जीवनशैलीमा पनि आध्यात्मिकताको तीव्र प्रभाव देखिन्छ । चिनीयाँ षड्दर्शनमा आध्यात्मिकता र भौतिकताको पूर्ण सन्तुलन भेटिन्छ । चिनियाँहरु आध्यात्मिक छन् तर भौतिकतालाई “माया वा मायाजाल” ठानेर सतही मान्दैनन् । उनीहरूको चिन्तन विम्व भौतिकता र आध्यात्मिकता दूवैसंग समानतहमा निर्मित भएको छ र तेसै आधारभूमिमा उनीहरूको दैनिकी निर्मित भएको छ ।

भारतवर्षीय दर्शनशास्त्रको स्रोत वेद भएझैं चिनिया दर्शनशास्त्रको स्रोत एउटा पुस्तकमा केन्द्रित छैन । ईसा.पूर्व २०७० (जिया सम्राटकाल) देखि निरन्तर विभिन्न प्रकारका स्थायी तथा अस्थायी राज्यप्रणालीले चिन्तधारालाई प्रभावित पारेको छ । राज्य स्थायी हुँदा चिन्तनमा स्थायित्व देखिएको छ भने राज्य अस्थायी प्रकृतिका हुँदा समग्र चिनियाँ चिन्तन नीतिप्रधान मार्गतिर केन्द्रित भएको भेटिन्छ । प्राचीन चीन ससाना राज्य र कविलामा विभाजित हुँदा अस्थायी र ठूलो साम्राज्यमा रुपान्तरित हुँदा वैचारिक स्थायित्व प्रष्ट बुझ्न सकिन्छ ।

भारतवर्षमा भने राज्य तथा राष्ट्रहरूको पतन र विकासले दार्शनिक अर्थात् चिन्तन जगतमा खासै प्रभाव परेको बुझिन्न किनभने यहाँका राजाहरुमा सधैं ऋषिसत्ताको सम्मान गर्ने (राष्ट्रहरुलाई जिते पनि तेहा निवास गर्ने ऋषि, मठमन्दिर, गुरुकुल, देवशालाआदिलाई हानिनोक्सानी नगर्ने भद्रसहमति) परम्परा रहेको बुझिन्छ । यहाँ शास्त्रहरूले शास्त्रहरूको सधैं सम्मान गरेको इतिहास छ । सन् ७५९ मा महमुद गजनीले (मुस्लिम आक्रमणकारी)ले वर्तमान भारतको गुजरात प्रान्तमा आक्रमण गरेर शास्त्रउपर शस्त्रको प्रभुत्वको थालनी गरेका थिए । चिनियाँ चिन्तनमा अन्ततः सम्राटहरुलाई समाजप्रति उत्तरदायी बनाउन चिनियाँ ऋषिहरुले नैतिकता केन्द्रीत दर्शनशास्त्रको विकास र विस्तार गरेका हुन् ।

तुलनात्मक रुपमा भारतवर्षीय चिन्तन प्रणाली आत्मकेन्द्रित भएको विश्वास गरिन्छ, पश्चिमा दार्शनिक चिन्तन वहिर्मुखी भएको विश्वास गरिन्छ भने मैले चिनियाँ दार्शनिक प्रणालीलाई बुझ्दा यसमा वहिर्मुखी र अन्तर्मुखी दूवै दृष्टिकोणहरुलाई समानतहमा अंगिकार गरिएको छ । चिनियाँहरू जतिआध्यात्मिक छन् त्यतिनै भौतिकवादी पनि छन् भन्न मिल्छ । उनीहरु भौतिकवादका लागि आध्यात्मवाद र आध्यात्मवादका लागि भौतिकतावादको परित्याग गर्ने पक्षमा देखिन्नन् ।

कन्फ्युसीयस धारा, मो धारा,दाओधारा र नैतिकधारासहित अन्य दार्शनिकधाराहरूमा भौतिकतावाद र आध्यात्मवाद बीच गहिरो समन्वय, सहकार्य र स्वीकार्यता छल्किन्छ । भारतवर्षीय उपनिषद् धारामा भौतिकवाद अपहेलित छ भने चार्वाक दर्शनले आध्यात्मधारालाई पूर्णतया अस्वीकार गरेको अवस्था छ र सांख्य, योग, न्यायआदि दार्शनिक धारले भौतिकवाद र आध्यात्मवाद बीच समन्वयात्मक दृष्टिकोण अपनाएका थिए तर पछिल्लो वेदान्तधारले सांख्यआदिको सन्तुलनलाई पूर्णतया आध्यात्म केन्द्रित बनाएको सत्य हो । चिनियाँ दार्शनिक चिन्तन दूवै चिन्तनधारमा भारतवर्षीय र पाश्चात्य चिन्तन भन्दा बढी सन्तुलित र व्याबहारिक छ भन्ने मेरो ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट