मान्छेको निजीपन : मन



डा. गोविन्दशरण उपाध्याय ।
मान्छे दुःख बाँड्न चाहन्छन् तर सुखलाई एकलौटी मान्छन् । केही मान्छे यस्ता पनि हुन्छन्, जसको काम अर्कालाई सुखी हुन नदिनु हुन्छ । असल जीवनमा न सुख लुक्छ न दुःख नै । न कसैले कसैको सुख लुट्न सक्छ न दुःख नै किनभने सुख र दुःख नितान्त मानसिक विषय हुन् । कसैको मनमा अरूकसैको नियन्त्रण हुनै सक्दैन । मन नितान्त मनवालको हुन्छ, मनमा मनवालको एकाधिकार हुन्छ । जसको मन दुख्छ उसको मात्र दुख्छ र जसको मन सुखी हुन्छ उसको मनमात्र खुसी हुन्छ । अरू केवल साक्षी हुन्छ, समवेदना वा खुसी भएको भागभंगीमा जाहेर गर्छन् ।

त्यसैले मन नै मान्छेको आफ्नो निजीपन हो र मनको भोगाई, बुझाइ र अनुभूति नितान्त एक्लैका हुन् । त्यसैले मनोविज्ञानले मनको विषयमा व्यक्तिगत तवरले विचार गर्ने, बुझ्ने र क्रियाशील बनाउने सुझाव दिन्छ । धर्मले ईश्वरमा मन समर्पण गर्ने सुझाव दिन्छ । दर्शनशास्त्रले मनलाई चिन्तनमा क्रियाशील बनाउने दिशानिर्देश गर्छ । अर्थशास्त्रले मनलाई धनका लागि क्रियाशील गर्न प्रेरित गर्छ मान्छे पिच्छे मनका अभिरुचि फरकहुँदा सजिलो भएको छ । तेरो मन र मेरो मन एकै होइन भनेर बुझ्न मैले आज लगाएको कमिज नै प्रयाप्त हुन्छ ।

धेरैले मन बुझ्ने कुरा गर्छन् तर म भन्छु मन बुझ्ने कुरा होइन अनुमान गर्ने विषय हो । मैले पूर्वअनुभवहरूका आधारमा अरूको मनको कुरा बुझे प्रयत्नमात्र गर्न सक्छु । मसँग कसैको मनभित्र पस्ने कुनै संयन्त्र छैन । मैले कसैको मन चोर्न सक्दिन । मैले कसैलाई आफ्नो मन दिन सक्दिन । मैले कसैलाई मन दिएँ भने पनि मेरो मनमसंग नै रहन्छ । मन दिने र लिने कुराहरू काव्यका विषय हुन्, मनलाई मनोरंजन गर्न जुराएका मीठामीठा कल्पना हुन् ।

मैले धेरैपटक आफ्नो मन दुखेको, खुसी भएको र वेवास्ता भएको अनुभव गरेको छु । म बोल्दैमा मेरो दुख हलुका हुँदैन र म हाँस्दैमा म सुखी हुन्छ भन्ने पनि हुँदैन । म धेरैपटक अर्काको लागि हाँसेको छु र धेरैपटक दुखनै अनुभव नगरी दुखहरू प्रकट गरेको छु । मैले धेरै गहिरा चोटहरूले मन मुर्च्छिछत हुँदैगर्दा खुसीको अभिनय गरेको छु । मनमा कत्ति पनि दुःखका वीऊहरू नहुँदा पनि महादुखी बनेको अभिनय गरेर समवेदना प्रकट गरेको छु । धेरैठाउँमा त न सुख, न दुःख कुनै प्रकारको संवेदना नहुँदा पनि सुख र दुखको अभिनय गरेर शुभचिन्तक बनेको छु ।

विश्वमा केही अदभूत मान्छेहरू छन् जसका लागि सुखको कुनै आवश्यकता नै छैन र केही एस्ता मान्छेहरू पनि छन् जसलाई दुखको आवश्यकता पनि छैन । तर सुख र दुःखका अनुभूतिहरूबाट विलग रहन सक्नुहुन्न । मनोविज्ञानले मनको चरित्र बोल्छ, दर्शनशास्त्रले मनको गतिबोल्छ, विज्ञानले मनको शक्ति बोल्छ र धर्मले मनको विश्वास बोक्छ । तर यी सबै र यी बाहेक धेरैथोक बोक्ने मेरोरतपाईंको नितान्त एक्लो मन हो । तपाईंका वरिपरी मान्छेहरूको उपस्थिति नहुँदा भरपर्दो साथी मन हो । तपाईंका वरिपरी थुप्रै साथी हुँदा पनि एक्लोपनको अनुभूति गराउने मन हो । तपाईं भनेकै तपाईंको आफ्नो मन हो ।

सबैसँग एउटा मन छ, एउटा शरीर छ र एउटा जीवन छ । शरीरले मन बोक्छ, मन र शरीरले जीवन बोक्छन् । यदि मन भएन भने शरीर र जीवन दूवै अर्थहीन हुन्छन् । मनले शरीर र जीवन दूवैलाई अर्थ दिन्छ र शरीरले मनलाई व्यापार दिन्छ । शरीरका प्रवेशद्वारबाट संवेगहरू भित्र पस्छन्, मन तरंगित हुन्छ र शरीर प्रफुल्लित हुन्छ । जीवन सफल भएको भाव बलियो हुन्छ । अनुकुल वेदना र प्रतिकुल वेदना नै मनका व्यापार हुन् । त्यसैले मन चिन्ने विषय पटक्कै होइन किनभने यो यतिविध्न नजिक छ कि चिन्नै पर्दैन । आँखाले आँखाका नानी देख्न सक्दैन तर त्यो आँखाको केन्द्रमा हुन्छ । मनले मनलाई बुझ्न नसकेको गुनासो गर्छ किनभने हरेक गुनासाहरू मनमा प्रवेश गरेर मनलाई उत्तेजित पार्छन् ।
पृथ्वीले आजसम्म १ खर्व मान्छेहरूलाई जन्मायो, पाल्यो र पुनः माटोमा मिसायो । सबैसँग एकएक वटा मन थिए । सबैले मनको कुरा गरे, सबैको मन खुसी र दुःखी पनि भयो । ती सबै मनहरूको अस्तित्व छैन । आजको मितिमा मसँग जस्तै तपाईंसंग पनि एउटा मन छ । मैले अनुमान गर्छु तपाईंको मन पनि मेरो जस्तै छ । त्यसैले जुनकुरा मेरो मनलाई राम्रो नराम्रो लाग्छ तिनै कुराहरूले अर्कोलाई पनि प्रभावित पर्ने अनुमान गर्छु । मेरो मनले मलाई खेलाउँछ, मैले मेरो मनलाई खेलाउन सक्दिन । मेरो मनले मलाई दल्नसम्म दलाउँछ तर जवजव मैले यसलाई दलाउने प्रयत्न गर्छु धेरैजसो मैले असफलता नै पाउँछु ।

मान्छेको स्वभाव नै हो रहस्यमय कुरा र विषयका वारेमा जानकारी प्राप्त गर्ने प्रयत्न गर्नु । त्यसमा पनि आफ्नो मनको ऐनामा अर्काको मनको कुरा बुझ्ने जिज्ञासा र चाहना रोक्न सक्दैन । आफ्ना भावना, संवेग, आशा-निराशा तथा अनुभूतिका ऐनामा अरूलाई पढ्ने प्रयत्न आज पनि चलिनै रहेको छ । केहीले बुझेको अभिनय गर्छन्, केहीले बुझेको दावी गर्छन्, केहीले रहस्यमय भनेर चूप लाग्छन् तैपनि मनबाट विलग रहन सक्दैनन् । अर्काको मन पढ्ने इच्छा गर्नेहरूका लागि मन रहस्यमय विषय हो भने अर्काको कुरा सुनेर आफ्नै मनलाई रहस्यमय ठान्नेहरू पनि थुप्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट