सधैँभरि यो दम्भ, कुर्सी र हठमात्रै कति पालिरहने ?



नारायण गाउँले ।
ओलीजी, झुटो बोल्नुको पनि हद हुन्छ नि ! यसबीच सर्वोच्च अदालतले सरकारलाई दुईवटा महत्त्वपूर्ण आदेश दिएको थियो :
१-विदेशमा अलपत्र कामदारलाई तिनैले तिरेको कल्याणकारी कोषबाट बेहोर्ने गरी निःशुल्क उद्धार गर्न, र
२-सरकारको संवैधानिक दायित्व भएकाले महामारीमा निःशुल्क उपचार गर्न !

पहिलोमा के भयो भन्ने त जगजाहेर नै छ । निःशुल्क त छोड्नुस्, बेला यही हो भन्ने ठानेर कमिशनको चक्करमा १५ हजार पर्ने टिकटको मूल्य ४५ हजार तोकियो । यति ग्रुपको हिमालयन एयरलाइन्सलाई नाफ़ा भयो होला, तर हजारौं नेपाली मजदुरले आँसुको घुट पिउँदै बसे । यतिसम्म कि ओमानको नेपाली दूतावासले सरकारी मूल्य दोब्बरभन्दा बढ़ी रहेको भन्दै आफैले सस्तोमा जहाजको व्यवस्था गर्यो । तपाईंलाई लाज लाग्नुपर्ने थियो । तपाईंको दल या गुटका राजदूत भएको ठाउँमा सरकारी मूल्य सदर भयो । अदालतको आदेश समेत लत्याउँदै मजदुरलाई चुस्नुसम्म चुसेर त्यसलाई तपाईंले उद्धार भन्नुभो ।

दोस्रोमा त निःशुल्क उपचार गर्ने आदेश बदर गरिपाऊँ भन्दै तपाईं आफै अदालत जानुभएको होइन ? अस्तिमात्र अदालतले दोहऱ्याएर निःशुल्क उपचार गर्नु संवैधानिक दायित्व रहेको सम्झाएको होइन ?
मिडियामा चाहिँ शुल्क लिने निर्णय नै भएको छैन भनेर बोल्ने ?

आफैले लेखेको संविधानले निःशुल्क उपचार गर्नु भनेको छ । तपाईंकै दलका सांसददेखि विपक्षीसम्मले निःशुल्क उपचार गर्नुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले निःशुल्क गर्नु भन्ने दोहोऱ्याएर आदेश दिएको छ । तपाईं चाहिँ आदेश नै बदर गर्नुपर्ने भन्दै अदालत पुग्नुहुन्छ । हस्पिटलहरूले शुल्क असुली रहेका छन् । धरौटी बुझाउने पैसा नभएर हस्पिटलसम्म पुग्न नसक्ने कति छन् । तर तपाईं कहिले निर्णय नै नभएको भन्नुहुन्छ, कहिले लाचार भएको स्वघोषणा गर्यो भने निःशुल्क उपचार हुन्छ भन्नुहुन्छ । उता सिफारिशकै पैसा तिरेर पनि उपचारको पैसा छुट नहुनेहरू छन् ।

तर तपाईंमा नागरिकको त्यो पीड़ाप्रति कुनै ग्लानि र संवेदना देखिन्न । सरकारी निर्णय र हस्पिटलका धरौटी वाला सूचनाले आम नागरिकमा परेको असुविधा, सङ्कट र असहजतामा तपाईंलाई कुनै दुःख देखिएन । तपाईंको एकमात्र दुःख त त्यही प्रधानमन्त्रीको कुर्सी हो भन्ने देखियो । कुर्सी अलिकति हल्लिएको हो कि जस्तो लाग्नेबित्तिकै तपाईंले मिडिया घरमैं बोलाएर लामो प्रवचन दिनुभो ! सड़कमा भोका नागरिकलाई खाना पस्किनेहरूप्रति सस्तो व्यङ्ग्य गर्नुभो । बड़ो शानसँग पार्टी प्यालेस दिन्छौं भन्नुभो, तर कोही भोको छ भने खाना दिन्छौं भन्न सक्नुभएन । शहरको इज्जतको कुरो गर्नुभो तर आफ्नै इज्जत दाउमा राखेर एकछाक खानाका लागि सड़कमा लाइन लाग्न बाध्य हुनेहरू प्रति कुनै संवेदना तपाईंमा देखिएन ।

तिनको पनि इज्जत र स्वाभिमानको कुनै मूल्य हुन्छ जस्तो तपाईंलाई लागेन । सर्प पाल्ने पैसा बाँड्नुको साटो हिजो पार्टी प्यालेसमा खाना बाँडेको भए सड़कमा लाइन लाग्न को जान्थ्यो र ? अनि नि ओलीजी, पार्टी प्यालेसमा चम्चा र काँटासहित खाना बाँड्ने हो भने त सड़कमा खान बाध्यको पालो कहिल्यै आउँदैन । जाबो होली वाइन चाख्न त सिङ्गो देश लाइन लागेको थियो । पार्टी प्यालेसमा आधा काठमाडौं लाइन लाग्यो भने के हुन्छ ?
ओलीजी, सधैँभरि यो दम्भ, कुर्सी, झूट र हठमात्रै कति पालिरहने ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

नवलपुरमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र