भक्तपुर अस्पतालको मेसुमा डा. गौतम



भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्नेे जानकारी दिइन् ।

यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए ।

कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेकी थिइन् ।

साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो ।

मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास