एसीसीए नेपाल र एनसीए कलेज अफ मेनेजमेन्टको आयोजनामा तीन जिल्लाका ८० शिक्षकलाई तालिम



काठमाडौं । एसीसीए नेपाल र एनसीए कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा असार ८ गते शनिबार मोरङको विराटनगरमा कोशी प्रदेशका तीन जिल्लाका शिक्षकहरुलाई तालिम दिइएको छ ।

कोशी प्रदेशका, मोरङ, सुनसरीका ११ र १२ कक्षामा तथा वीवीए तथा वीवीएसमा लेखा विषय अध्यापन गराउने ७० वटा कलेजका ८० शिक्षक/शिक्षिकाहरुलाई हाल परिवर्तित पाठ्यक्रममा समावेश गरिएको केही नयाँ पाठ्यसामग्रीलाई समेत मध्यनजर गरी Certificate in International Financial Reporting Standard  सम्वन्धी तालिम दिइएको हो ।

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता एनसीए कलेजका अध्यक्ष सुरेश पण्डितले गरेका थिए र आयोजक एसीसीए नेपाल प्रमुख रविन कटवालले उपस्थित प्रमुख, विशिष्ठ एवम् अतिथिहरु र तालिममा सहभागी शिक्षकहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पारेका थिए ।

साथै अतिथि महानुभावहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

त्यसैगरी मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.विनोद अर्याल, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौला, एनप्याब्सन कोशी प्रदेशका सभापति राजन पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष द्रोणबहादुर श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा मोरङ,सुनसरी र झापा जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरुको पनि उपस्थिति थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवम् पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले नेपालको सन्दर्भमा International Financial Reporting Standard  को महत्व बताउँदै शिक्षाका बारेमा नयाँ शिराबाट बहस आबश्यक रहेको बताएका थिए ।

त्यसैगरी मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी प्रमुख प्रा. विनोद अर्यालले एसीसीएको विश्वव्यापी लोकप्रियताको बारेमा उल्लेख गर्दै यसका बारेमा शिक्षा क्षेत्रमा कार्यरत सबैले जानकारी लिनु पर्ने सुझाव दिए । राष्ट्रिय परीक्षा वोर्ड बिराटनगरका प्रमुख जीवन गड्तौलाले राष्ट्रिय परीक्षा बोर्डले हाल सालै कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतन गरेको सन्दर्भमा यो तालिम अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताए ।

एनसीए कलेजले नेपाली विद्यार्थीलाई विगत २० बर्ष देखि निरन्तर रुपमा गुणस्तरीय एसीसीए व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ भने सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरी द एसोसिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेन्स्ले Approved Learning Partner÷GoldApproved Learning Partner-Gold को मान्यता पाएको छ । शिक्षा मन्त्रालयबाट एसीसीए तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो कलेज हो भने एसीसीए बेलायतको The Association of Chartered Certified Accountants, UK  द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।

एक दिने तालिममा कर्ण थापाले प्रशिक्षण दिएका थिए भने एसीसीए कोर्स र एनसीए कलेजका बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी दिएका थिए । कार्यक्रमको अन्तमा राष्ट्रिय परीक्षा वोर्ड विराटनगरका प्रमुख जीवन गड्तौलाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकाथिए । कार्यक्रमको संयोजन र संचालन शिक्षाविद् नारायण आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदानभक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार एकैदिन ८३ जना शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ। शुक्रबार नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारणसभामा संस्थामा आबद्ध जिल्लाका विभिन्न विद्यालयमा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको हो। साधारणसभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे। कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए। उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस्।” अब भक्तपुरका जनताले सस्तो र सहज रूपमा सिटिस्क्यान सेवा पाउने उल्लेख गर्दै उनले प्रदेश सरकारले १९ करोडको लागतमा सिटीस्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान गर्न बोलपत्र आह्वान गरिसकेको बताए। भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन राख्न ठाउँ अभाव भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले एक सय वर्ष अगाडिदेखि भोगचलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाएको बताए। भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उनले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले भक्तपुर नगरपलिकाद्वारा सञ्चालिन ख्वपः अस्पतालाई पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटिस्क्यान मेसिन राख्न बजेटको व्यवस्था गरेको बताए। कार्यक्रममा एन प्याब्सन केन्द्रीय समितिका सहकोषाध्यक्ष विक्रम धुकुछु, केन्द्रीय पदाधिकारी जिबी खड्कालगायतले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मानले प्रेरणा प्रदान गर्ने बताए। नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए। उनले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए।

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई