शिक्षा ऐनमार्फत शिक्षकका माग सम्बोधन युनियनको आग्रह



काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले प्रस्तावित शिक्षा ऐन–२०८० मार्फत शिक्षकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गरी सरकारले सार्वजनिक गरेको विद्यालय शिक्षा ऐन, २०८० ले प्रबन्ध गरेका केही दफा संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र संस्थागत हकहितको खिलाफमा रहेकाले त्यसलाई सच्याउन माग गरेका छन् ।

“मस्यौदाले देशभर कार्यरत लाखौँ स्थायी, अस्थायी÷करार, राहत, साविक उच्च मावि शिक्षक, बाल विकास शिक्षा, शिक्षण सिकाइ अनुदान शिक्षक, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको न्यायोचित सम्बोधन गर्न उदासीन रहेको देखिन्छ”, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विसं २०७५ तथा त्यसपछि स्थायी भई कार्यरत शिक्षकलाई पेन्सन प्रयोजनमा यस मस्यौदाले थप अन्योल र अन्याय थपेको बताइएको छ । देश विकास र गुणस्तरीय शिक्षा उत्पादन गर्न पेसाप्रतिको आकर्षण र सम्मान गर्नुपर्ने ठाउँमा झन उल्टै शिक्षक तथा शिक्षक कर्मचारी श्रमिक विरोधी ऐन ल्याउन खोजिएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

विद्यालय शिक्षा ऐन संशोधनसहित पुनः संसद्मा पेश गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसँग आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घले यही साउन २८ गतेदेखि सञ्चालन गरिरहेको विरोधका कार्यक्रम आफ्नो समर्थन र ऐक्यबद्धता रहेको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको