युवा

निजगढ विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार