सीको नेपाल भ्रमणको छलफलका एजेन्डामा केरुङ्ग रसुवा काठमाडौँ रेलमार्ग



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देश बीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार काठमाडौँ फर्कदै गर्दा विमानस्थलमा संचारकर्मीहरु सँग कुरा गर्दै उनले चीनका राष्ट्रपति सी जिंगपीङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताए ।

मन्त्री ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको विकास सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए । भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि बताए ।

ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देश बीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग रसुवा काठमाडौँ रेलमार्ग हुने बताए । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताए ।

यस्तै मन्त्री ज्ञवालीले न्युवर्कमा भएको सार्क परराष्ट्रमन्त्री स्तरीय बैठक पनि सकारात्मक भएको बताए । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक बोलाएको थियो ।

बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कस्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए तर परराष्ट्रमन्त्री ज्ञवालीले बार्ताले संवादको थालनी गरेको बताए ।

मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालिन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो ब्यक्त भएको बताए । ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए ।

नेपालले न्याय ब्यबस्थापनमा बिस्तृत शान्ति सम्झौता,नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता,नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए ।

पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्रसंघका विभिन्न संस्थाले चासो ब्यक्त गरेका छन् । साथै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ