भेरी अञ्चल अस्पतालम थन्किए उपकरण, मारमा विरामी



नेपालगंज । भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन् । भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।
अस्पतालमा उपचारका लागि अधिकाँश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् ।

मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ । गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गाैलापीडित बिरामीहरुको माग छ ।

भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ । यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताउँछन् ।

उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी

धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

  बागलुङ ।  बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ ।

जिब्रो छेडेपछि पशुपतिनाथ मन्दिरको परिक्रमा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार

काठमाडौं उपत्यकामा डेंगुको अझै एक महिना जोखिम

  काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् ।