३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ सुरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

बुधबार ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने बताए ।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे ।

उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे । प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज

सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र

कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु, २०१२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३००७ जनामा कोरोना संक्रमण पुष्टि भएको