तजिकिस्तानसँग नेपाल पराजित



काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ ।

तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।     नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहोर्यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गरे ।     खेलको २४औँ मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुवाती अग्रता दिलाए भने खेलको ३३औँ मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २–० ले अघि रह्यो ।

त्यस्तै खेलको ४१औँ मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजिकिस्तान पहिलो हाफमा ३–० ले अघि रह्यो ।    खेलको ६३औँ मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । खेलेको ६८औँ मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६–० गोलको जित दिलाए । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यता ताजिकिस्तानको भने यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व चर्चित टेनिस खेलाडी जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । उनको

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि

‘ए’ डिभिजन लिगमा मच्छिन्द्र विजयी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा मच्छिन्द्र फुटबल

टाइगर कप भलिबलः पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि

पोखरा । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा