स्मार्ट टेलिकम अनियमितता प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले शुक्रबार ललितपुरको धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको हो ।

स्मार्ट टेलिकम प्रकरणमा उनलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । यसअघि स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको थियो ।