काठमाडौँ । प्रधानमन्त्री बालेन साहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ । छलफलमा मधेशकेन्द्रित दलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, सीके राउत, समिम मियाँ अन्सारी, रामकुमार शर्मा, प्रभु शाह, शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी छन् ।
त्यस्तै, रास्वपाबाट निर्वाचित सांसद अमरेशकुमार सिंह पनि छलफलमा सहभागी छन्।

प्रतिक्रिया