महिला फुटबलमा भक्तपुरको जित



काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई–दुई गोल गरिन् भने अजिता घर्तिमगरले एक गोल गरिन् ।

यता पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् । यस जितसँगै समूह ‘सी’ को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।

प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले तीन लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको