टी-२० विश्व कपमा भारतमाथि पाकिस्तानको जित



आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर १२ अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाइ १ सय ५२ रनको लक्ष्य पूरा गर्दै शानदार जित निकाल्यो । शानदार जित निकालेको पाकिस्तानका लागि ओपनरद्वय कप्तान बाबर आजम तथा मोहम्मद रिजवानले अविजित अर्धशतकीय इनिङ खेले । कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित ६८ रनको शानदार इनिङ खेलेका थिए ।

यस्तै, १ सय ५२ रनको शानदार साझेदारी गर्दै विकेटकिपर ब्याट्सम्यान रिजवानले ५५ बलमा ६ चौका र ३ छक्कासहित ७९ रनको इनिङ खेलेका थिए । भारतका लागि कुनै पनि बलरले सफलता हासिल गर्न सकेनन् ।

पहिलो इनिङमा ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै, ऋृषभ पन्त ३९ रनको योगदान गर्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका लागि शहीन अफ्रिदीले सर्वाधिक ३, हसन अलीले २ तथा शादब खान र हरिस रौफले १र१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।