पशुपतिनाथमा कहिल्यै पुजा नगर्नेले महाकालेश्वरमा पुजा राजनीतिक ढोङ्ग, आडम्वर वा कूटनीतिक निरीहता ?



केशवप्रसाद भट्टराई ।
१. नेपालले भारत र चीन जस्ता मुलुकहरूसँगको सम्बन्धलाई व्यवस्थापन गर्ने सँस्थागत क्षमता विकास नै गरेन । राजाहरूले र प्रधानमन्त्रीहरूले पनि सवैले व्यक्तिगतरूपमा नै यस्तो सम्बन्धलाई व्यवस्थापन गर्ने गरे । हाम्रो समस्या नै त्यही हो ।
भारतले स्वतन्त्र भएदेखि नै आफ्नो विदेश र रक्षा नीतिलाई सँस्थागतरूपमा व्यवस्थापन गर्ने गर्यो । जवाहरलाल नेहरू, इन्दिरा गान्धी भारतका अत्यन्त शक्तिशाली प्रधानमन्त्री थिए । नरेन्द्र मोदी त्यस्तै शक्तिशाली छन् । तर आफ्नो विदेश र रक्षा मन्त्रालय वा सुरक्षा संरचनाले अगाडि नसारेको, स्वीकार वा अनुमोदन नगरेको कुनै नीति उनीहरूले अवलम्वन गर्न सक्दैनन् क्ष् उनीहरूले आफ्नो राय वा सुझाव ती संरचनाहरूलाई, उनीहरूसँग परामर्श गर्दछन् तर निर्णय प्रक्रियागतरूपमा हुन्छ । चीनमा पनि त्यस्तै हो । सांस्कृतिक क्रान्तिको शुरूको अवधिमा बाहेक चीनले आफ्नो विदेश नीतिलाई सँस्थागतरूपमा मात्रै संचालनगर्ने गरेको छ । अमेरिकामा त विदेश र रक्षा नीतिमा राष्ट्रपतिको भन्दा सिनेट, थिङ्क ट्यांक र सुरक्षा संयन्त्रहरूको भूमिका निर्णायक हुन्छ , अन्य मन्त्रालयको हकमा पनि त्यही हो ।

२. जुन जुन मुलुकमा निर्णय कानुन अनुसारका सँस्थाले गर्दछन् ती मुलुक शक्तिशाली बन्दछन् , ती समृद्ध बन्दछन् । किन कि त्यहाँ राज्यसंरचनाहरू माझ सामूहिक सहकार्य हुन्छ , सामूहिक जिम्मेवारीको भावना हुन्छ । अनि मुलुकमा काम हुन्छ ।

३. हामी कहाँ परराष्ट्र मन्त्रालय संस्था बनेकै छैन । रक्षा मन्त्रालय र सम्बद्ध निकाय पनि संस्था बनेका छैनन् । मन्त्रालयहरू संस्था बनेनन् । अदालत समेत संस्था बनेनन् । लोक सेवा आयोग र महालेखा परीक्षकको कार्यालय बाहेक संवैधानिक निकायहरूमा पनि व्यक्ति मात्रै छन् संस्था बनेका छैनन् । हामी कहाँ कसैले कुनै कुराको जिम्मेवारी नै लिंदैन ,कसैलाई जिम्मेवार बनाउने संरचना, विधि र पद्धति को विकास नै गर्न सकेनौ !

४. जब मुलुकमा संस्था नै छैनन् ,सवै निर्णय व्यक्तिले गर्दछन् । ती ती मुलुक आन्तरिक र वाह्यरूपमा सधैँ कमजोर हुन्छन् । कमजोर रहन्छन् । त्यसैकारण नेपाल यस्तो रह्यो । प्रजातन्त्र भनेकै संस्थाहरूको शासन हो तर यहाँ प्रजातन्त्र÷लोकतन्त्र वा गणतन्त्र जे भने पनि शासन भने व्यक्तिको रह्यो ।

५. भारत, चीन वा अमेरिकाका शक्तिशाली संस्थाहरूले चलाएको मुलुकसँग प्रचण्ड, ओली , देउवाहरूले व्यक्तिगत रूपमा, पारिवारिक रूपमा, सानो गूटगतरूपमा राख्ने सम्बन्धले मुलुकको दीर्घकालीन हित गर्न सक्दैन र नेपालको ती मुलुकहरूसँगको संबन्धमा रहेका समस्या र चुनौतीहरूलाई सम्वोधन. र व्यवस्थापन गर्न सक्दैन ।

६. दुईटा मुलुकका नेताहरूले भेटमा के बोले ? के भने ? संयुक्त विज्ञप्तिमा कले लेखे त्यसले कही माने राख्दैन । सन्धिले त माने राखेको छैन – जस्तो महाकाली सन्धि ! भारतलाई विजुलीको ठूलो खाँचो छ, १० हजार वा २० हजार वा नेपालले उत्पादन गर्न सक्ने सवै विजुली भारतले नै किनिदिन सक्दछ । तर संस्थागतरूपमा नचलेको, अपारदर्शी र अनुत्तरदायी ढङ्गले चलेको, कुनै स्थीर आर्थिक नीति नभएको मुलुकले त्यो परिमाणमा विजुली उत्पादन गरेर बेच्ने क्षमता कहिले आर्जन गर्ला ?

७. दुई मुलुक वीचका सम्बन्धका सबै पक्ष अध्ययन गर्ने समूह बन्दछ त्यसमा जो सरकारमा छ त्यही पार्टीका नेता–कार्यकर्ता वा उक्त पार्टीको शुभेच्छुक मात्रै राखेर बनाइन्छ । त्यसलाई पनि संस्था बन्न दिइन्न ।

८. प्रधानमन्त्रीको रूपमा प्रचण्डजीले भारत भ्रमण गर्नुभयो । उहाँलाई शुभकामना ! तर एक त संसदमा उहाँको हैसियत र पाँच वर्षमा तीन जनालाई आलैपालो प्रधानमन्त्री बनाउने देशको प्रधानमन्त्रीबारे अरूले के सोचेका होलान् ? अनुमान गर्न नसकिएला ?

९.अन्त्यमा पशुपतिनाथमा पुजा आराधना गर्न कहिल्यै प्रवेश नगरेको व्यक्ति उज्जैनमा महाकालेश्वर शिवको दर्शन, पुजा, आराधना गर्न जानुभयो ! यो राजनीतिक ढोङ्ग वा आडम्वर वा कूटनीतिक निरीहता के हो बुझ्जं सकिएन ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष

धादिङको गल्छीमा पानी ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर

धादिङ । धादिङको गल्छीमा ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गल्छी

आज महाशिवरात्रि पर्व, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं ।  भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज

युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु