प्रहरी कल्याण कोषबाट प्रहरी अस्पताललाई दुई करोड सहयोग



काठमाडौं । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आइतबार दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे ।

सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गरेका थिए । समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै कोभिड–१९ को सङ्क्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको स्मरण गरे । उनले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्रउपकरण हस्पतान्तरण गरेकी थिइन् । वार्षिकोत्सवका अवसरमा सङ्घका पदाधिकारीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ, ५ जेठ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि   एक करोड सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।