नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, यस्ता छन् एजेण्डा



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बैठक सुरू भएको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण उपस्थित भएका छैनन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिराखेका छन् । आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेण्डा तय गरेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि आज विहान पार्टीको सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संक्रमणकालीन न्यायलाई टुंग्याउने विषय सरकारको प्राथमिकतामा

काठमाडौँ । सत्ता साझेदार दश दलको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

सीमा अतिक्रमणको विषयमा बोल्दा प्रधानमन्त्रीलाई सरकार ढल्ने डर छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि

डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् । वाग्लेले

मिटरब्याजी पीडितसँगको वार्तालाई निष्कर्षमा पुर्याउन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ