काठमाडौं । भारतको विपक्षी दल तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले प्रधानमन्त्री बालेन्द्र साहलाई सम्बोधन गर्दै भारतीय युवा आन्दोलनका नेता सौरभ दासलाई विदेश जान रोकिएको घटनाबारे टिप्पणी गरेकी छन् ।
मोइत्राले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकातिर प्रधानमन्त्री बालेनसँग निकटता बढाइरहेको र अर्कोतिर जेनजी आन्दोलनका नेता सौरभ दासलाई अक्सफोर्ड युनियनमा सम्बोधन गर्न जाने क्रममा रोकिएको भन्दै आलोचना गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘प्रिय बालेन साह, हाम्रा प्रधानमन्त्री तपाईंसँग निकटता बढाइरहेका छन्, तर अर्कोतर्फ जेनजी नेता सौरभ दासलाई अक्सफोर्ड युनियनमा बोल्न जानबाट रोकिएको छ, किनकी उनकी आमा नेपाली मूलकी हुन्।’
उनले बालेन युवा आन्दोलनको बलमा प्रधानमन्त्री बनेको उल्लेख गर्दै भारतमा युवाप्रति सरकारको व्यवहार हेर्न आग्रह गरेकी छन् ।
मोइत्राले लेखेकी छन्, ‘तपाईं युवा आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभयो। हाम्रा प्रधानमन्त्रीले युवाहरूसँग कस्तो व्यवहार गर्छन्, हेर्नुहोस्। लज्जास्पद ।’

प्रतिक्रिया