काठमाडौँ । प्रधानमन्त्री बालेन सहले सामाजिक सञ्जालमा सरकारको टोलीलाई ‘देश उभो लाउने टोली’ भन्दै प्रशंसा गरेका छन् । आफूसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्बिर राख्दै प्रधनमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
केही समयअघि प्रधानमन्त्रीले ‘देश बनाउने टोली’ भन्दै गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई बीचमा राखेर अँगालो हालेको तस्बिर सार्वजनिक गरेका थिए ।
त्यसैगरी प्रधानमन्त्रीले केही दिनअघि पनि लुसिफर लुक्स भन्दै आफ्नो तस्बिर सार्वजनिक गरेका थिए । सामाजिक संजालमा आफूतर्फ ध्यान आकर्षित गर्न प्रधानमन्त्रीले बेलाबेलामा यस्तो गर्दै आएका छन् ।

प्रतिक्रिया