काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा हवाई रुट दुईतर्फी बनाउन भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन् ।
मंगलबार संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा भएको सहमतिलाई नेपालको हवाई सम्पर्क विस्तारका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका हुन् ।
उनले एकतर्फी सञ्चालन हुँदै आएको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १० देखि १२ वर्षदेखिको प्रयासपछि सम्भव भएको उनको भनाइ छ । बैठकमा मन्त्री वाग्लेले बागडोगरासँग जोडिएको १२५ किलोमिटर भूमिको विषयमा फैलिएका कतिपय टिप्पणी र हल्ला भ्रामक तथा झुटा रहेको स्पष्ट पारे ।
उनले उक्त विषयमा अनावश्यक भ्रम सिर्जना गरिएको बताए । अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भएको सहकार्यसम्बन्धी समझदारीपत्रले दुई देशबीचको सहयोगलाई औपचारिक, नियमित र संस्थागत बनाउन तथा समन्वयात्मक ढङ्गले अघि बढाउन सहयोग पुग्ने बताए।

प्रतिक्रिया