भारतमा एकैदिन २ हजार भन्दाबढी कोरोना संक्रमितको मृत्यु,२ लाख ९४ हजार संक्रमित



छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि सोमबार भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

यस्तै हालसम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ हजार २० जनाको मृत्यु भएको छ । योसगै भारतमा मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ

फ्रान्सेली अति–दक्षिणपन्थी ले पेनलाई युरोपेली संसद्को नक्कली रोजगारी मुद्दामा सोधपुछ गरिने

  युरोपेली संसद्को कोष हिनामिना गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी नेता मरिन ले पेनलाई 

आफ्ना राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि

गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।