उर्जामन्त्री भन्छन् -तीन वर्षभित्र १२ प्रतिशत जनतालाई नवीकरणीय ऊर्जा



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्र १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जा उपलब्ध गराउने योजनामा सरकार रहेको बताएका छन् ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफेरसँगको भेटमा उनले सौर्य ऊर्जा र मिनीग्रिड सरकारको प्राथमिकतामा रहेको ऊर्जाको पहुँच नपुगेको स्थानमा नवीकरणीय ऊर्जाका माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच पुर्याउने योजनामा सरकार रहेको बताएका हुन् । मन्त्री पुनले जर्मन सरकारले ऊर्जा, प्रसारण लाइन र वैकल्पिक ऊर्जाका क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिनुभएको पुनको सचिवालयले जनाएको छ ।

सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको जानकारी दिँदै त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग आफूहरुका लागि उपयोगी हुने भन्दै मन्त्री पुनले वैकल्पिक ऊर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

त्यस अवसरमा ऊर्जा क्षेत्रमा नेपालले गरिरहेको प्रयासको प्रशंसा राजदूत सेफेरले आफूहरुको तर्फबाट वैकल्पिक ऊर्जाका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

ऊर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत् क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको उल्लेख गर्दै उनले वैकल्पिक ऊर्जामा करीब डेढ अर्ब बराबरको सहयोग उपलब्ध गराउने तयारीमा जर्मन सरकार रहेको जानकारी दिनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

जर्मनीले नेपालमा गरिरहेको सहयोगको लागि धन्यवाद दिँदै वैैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष ०७९ /८० को बजेट ल्याउँदैछ ।

नेपालीको प्रतिव्यक्ति आय १,३८१ डलर, सार्वजनिक ऋण भार ६३ हजार ३१० रुपैयाँ

काठमाडौं । प्रत्येक नेपालीको भागमा सार्वजनिक ऋणको भार ६३ हजार रुपैयाँ पुगेको छ।

सङ्घीय सरकारको बजेट घाटा २१ अर्ब ३१ करोड पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण