विश्व

फेसबुकलाई चुनौती दिन विकिपीडियाले ल्यायो सामाजिक सञ्जाल

विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्। सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ।