आप्रवासी सङ्कटलाई लिएर युरोपमा ग्यास आपूर्ति रोकिदिने बेलारुसको धम्की



बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् ।

ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन् । तर मिन्स्कले त्यसलाई अस्वीकार गर्दै आएको छ । जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धहरूको तयारी गरिरहेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

बेलारुसमा लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने बताएका छन् । बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, ‘हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन्।’ लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्यासलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब

अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली