जुलिअन असान्जलाई प्रेमिकासँग जेलमै विवाह गर्न अनुमति



जुलिअन असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग वेलायतको बेल्मार्श कारागारमा विवाह गर्ने अनुमति पाएका छन् । विकिलीक्सका संस्थापक असान्ज र मोरिसका दुई सन्तान छन् । असान्ज एक्वडोरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले गर्भधारण गरेको मोरिसको भनाइ छ। त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ ।

कारागार हेर्ने निकायका अनुसार कारागारका प्रशासकले असान्जको निवेदनलाई नियमित तरिकाले हेरेका थिए । मोरिसले विवाह गर्ने अनुमति पाएकोमा पीए समाचारसंस्थासँग खुसी व्यक्त गरेकी छन् । उने हाम्रो विवाहमा थप हस्तक्षेप नहुने आशा गरेको बताइन् । विवाहसम्बन्धी सन् १९८३ को एउटा कानुनका अनुसार कैदीबन्दीहरूले विवाह गर्न निवेदन दिन पाउँछन् ।

अनुमति पाउनेहरूले करदाताको कुनै सहायताबिना आफ्नो विवाहको सम्पूर्ण खर्च बेहोर्नुपर्छ । गत वर्ष द मेल अन सन्डे पत्रिकासँगको अन्तर्वार्तामा दक्षिण अफ्रिकामा जन्मिएकी मोरिसले आफू सन् २०१५ यता आफू असान्जसँग सम्बन्धमा रहेको खुलासा गरेकी थिइन् । पेसाले उनी वकिल हुन्। उनी अहिले एक्लै दुई छोरालाई हुर्काइरहेकी छन् ।

विकिलीक्सको यूट्यूब अकाउन्टमा प्रेषित एउटा भिडियोमा मोरिसले असान्जसँग सन् २०११ मा भेटेर उनको कानुनी टोलीमा काम गर्न थालेको बताएकी छन् । मोरिसले उनलाई दूतावासमा दिनहुँ भेट्न जाने गरेको र जुलिअनलाई राम्ररी चिन्न पाएको बताएकी छन् । ५० वर्षीय असान्ज जासुसीको अभियोगमा अमेरिका सुपुर्दगी गर्ने योजनाविरुद्ध कानुनी सङ्घर्ष गरिरहेका छन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी विवरण चुहाएको भन्दै उनलाई अमेरिकामा मुद्दा चलाउन खोजिएको छ । विकिलीक्सले अफगानिस्तान र इराकमा भएका युद्धबारे चुहाइएका लाखौँ दस्ताबेज प्रकाशित गरेको थियो । त्यसमा अमेरिकी सैनिकहरूले इराकमा हेलिकप्टरबाट सर्वसाधारणहरूको हत्या गरेको देखिने भिडियो पनि पर्छ ।

अस्ट्रेलियाका नागरिक असान्ज सन् २०१९ यता बेल्मार्श कारागारमा छन् । एक्वडोरको दूतावासबाट निष्काशित भएपछि उनलाई जमानतका सर्तहरू उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो । सन् २०१२ देखि उनी उक्त दूतावासमा बसेर यौन दुर्व्यवहारको आरोपमा अभियोजन सामना गर्न जोगिएका थिए । उनले आफूमाथि लागेको अभियोगहरू सधैँ अस्वीकार गरे र अन्ततः ती खारेज भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’