सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए



भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका छन् । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा भिडन्त भएको थियो । भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ ।कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ । यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तमिलनाडुका विद्यालय जनवरी ३१ सम्म बन्द

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै

९० प्रतिशत चिनियाँले लगाए कोभिड खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वस्थ्य अधिकारीहरुले

जर्मनीमा खोप समर्थक र विरोधीहरुको प्रदर्शन

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले जर्मनीभर जुलुस निकालेका छन् ।

चिनियाँ दुर्लभ खनिज प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न