तेहरान । इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना विरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शनिबार पोस्ट गरेको जानकारीमा यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रहरूमा विषालुपनका लक्षणसहित ८६५ जना (७४६ पुरुष र ११९ महिला) उपचारका लागि आएको बताए ।
उनले दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको जनाए । त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ ।
केरमानपोरका अनुसार हाल १६० जना अस्पतालमा भर्ना छन्, जसमध्ये २४ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएको छ । आठ जनामा मदीराका कारण मस्तिष्कघातको सङ्केत भेटिएको थियो । इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ ।

प्रतिक्रिया