गैरसरकारी संस्थामा काम गर्ने अफगानी महिलामाथिको प्रतिबन्ध हटाउन राष्ट्र सङ्घको आग्रह



जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले अफगानिस्तानको तालिबान अधिकारीहरूले गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगानी महिलाहरूमाथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् ।

टर्कले भने,’अफगानिस्तानका अधिकारीहरूले भर्खरै गरेको घोषणाबाट म गहिरो चिन्तित छु कि एनजीओहरूले अफगान महिलाहरूलाई काम गर्न जारी राखेमा उनीहरूको इजाजतपत्र खारेज हुनेछ । यो वास्तवमै गलत दृष्टिकोण हो । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थामा महिला कर्मचारीको काम रोक्न फलोअप सर्कुलर जारी गरिएको छ ।’

आइतबार अफगान राहत र विकासको लागि एजेन्सी समन्वय निकाय (एसिबीएआर) ले मन्त्रालयसँग भेटेर स्वास्थ्य र शिक्षामा महिला कर्मचारीलाई छुट दिने र अनलाइनमा काम गर्नेहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको थियो ।

टर्कले थपे,’अफगानिस्तानमा मानवीय अवस्था नाजुक छ । आधा भन्दा बढी जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् । गैरसरकारी संस्थाहरूले अफगान महिला, पुरुष, केटाकेटीहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको