युक्रेन र रूसबीच ऊर्जा क्षेत्रमा लक्षित आक्रमण नगर्ने समहति भएको ट्रम्पको दाबी


वासिङटन । युक्रेन र रूसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यसअघि उनले किएभलाई रूसी तेल रिफाइनरीहरूमाथि प्रहार गरेको भन्दै आलोचना गरेका थिए । ‘युक्रेनले रूसी ऊर्जा लक्ष्यहरूमाथि प्रहार नगर्ने सहमति जनाएको छ । रूसले पनि त्यस्तै गर्न सहमति जनाएको छ । विश्वको डिजेल मूल्य वृद्धि मुख्यतया रूस/युक्रेन युद्धका कारण भएको तर इरानका कारण नभएको देख्न सकिन्छ,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।

मध्यपूर्वमा युद्ध साढे छ महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढाएको छ। यो अमेरिकी मध्यकालीन चुनाव हुनुभन्दा केही हप्ताअघिको अवस्था हो।