त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अमेरिकासँग पराजित



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गएराति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो । अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । सुसान्त मोदानीले दुई रन जोडे ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा तीन चौका प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २÷२ रनमा आउट भए ।

ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले तीन विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक÷एक विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको

राष्ट्रिय फुटबल टिमले माल्दिभ्समा यसरी मनायो दशैं(फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा सबैले आफन्त र परिवारसँग मनाइरहेका बेला

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ