बायर्न म्युनिखद्वारा बार्सीलोना तीन शून्यले पराजित



बायर्न म्युनिखले च्याम्पियन्स लिगमा बार्सीलोनालाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको छ ।  जर्मन च्याम्पियनको जितमा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । क्याम्प नोउमा भएको खेलमा ३४ औं मिनेटमा लियोरी सानेको पासमा थोम मुल्लरको गोलमार्फत बार्यनले  बार्सा विरुद्ध अग्रता लिएको थियो ।

बायर्नविरुद्ध च्याम्पियन्स लिगमा मुल्लरको यो सातौ गोल हो ।  ५६ औं मिनेटमा लेवान्डोस्कस्ले टिमका लागि दोस्रो गोल थपे । ८५ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सा तीन शून्यले पराजित भयो । लेवान्डोस्कीको च्याम्पियन्स लिगमा गोल संख्या ७५ पुगेको छ ।

स्टार स्ट्राइकर लियोनल मेसीले क्लब छोडयता बार्साको यो पहिलो च्याम्पियन्स लिग खेल हो । पुरै खेलमा उसले एक पटक पनि बायर्नको पोस्टमा आक्रमण गर्न सकेन । बार्साले इतिहासमै पहिलो पटक घरेलु मैदानमा लगातार तीन युरोपियन प्रतिस्पर्धामा हार बेहोर्यो ।

यस्तै सन् १९९७–९८ मा न्युक्यासलसँग हारे यता च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बार्सा पराजित भएको पनि यो पहिलो पटक नै हो । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्नले बार्सालाई ८–२ गोलको फराकिलो अन्तरले हराएको थियो ।

जुन युरोपियन प्रतिस्पर्धामा बार्साको अहिलेसम्मकै विशाल अन्तरको हार हो । समूह इ मा रहेको बायर्नले ३ अंक जोडेको छ । यसै समूहमा रहेका बेन्फिका र डाइनामो किभले गोलरहित बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।