नेपाल ओमानसँग ५ विकेटले पराजित



काठमाडौं । ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपाल ओमनसँग पराजित भएको छ।

मंगलबार ओमानस्थित अल अमरेत स्टेडियममा भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमानलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनायो ।

शून्य रनमा कुशल भुर्तेल आउट भएपछि सम्हालिएर प्रदर्शन गरेको नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले। शेखले ११२ बलमा ७ चौका र १ छक्काको सहायतामा सर्वाधिक ९० रन जोडे। त्यसबाहेक कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहितकुमार पौडेलले २० रन जोडे। त्यसपछि आएका मिडलअर्डर ब्याट्ससम्यानहरुको ब्याटिङ सम्झनलायक रहेन।

बिनोद भण्डारी ६ रनमा आउट हुँदा पछिल्ला केही खेलयता रन जोड्न संघर्ष गरिरहेका कुशल मल्लले ४ रन बनाए। त्यस्तै सोमपाल कामी ७ रन बनाएर रनआउट हुँदा विक्रम सोब २ रनमै पभेलियन फर्किए। आक्रामक ब्याटिङ गरेका सन्दीप लामिछानेले भने १० बलमा १ चौका र १ छक्काको सहायतामा १६ रन जोड्दा करण केसीले २१ रन बनाए।

त्यस्तै शुसन भारी २ रनमा अभिजित रहे । ओमनका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिँदा नेस्टोर धाम्बाले २ विकेट लिए। त्यस्तै मोहम्मद नदिम र जेसन मक्सुदले समान १/१ विकेट लिए ।

ओमनका लागि जतिन्दर सिंहले सर्वाधिक १०७ रन बनाउँदा मोहम्मद नदिम ३८ रनमा अभिजित रहे। त्यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले समान २/२ विकेट लिँदा शुसन भारीले १ विकेट लिए।

सिरिजमा अब नेपालले ओमान र अमेरिकासँग एक एक खेल्न बाँकी छ । सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपालले हालसम्म अमेरिका र ओमानसँग तीन–तीन खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप