बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल गोलरहित बराबरीमा



काठमाडौं । बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोलरहित बराबरीमा रोकेको हो ।

पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो ।

गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाईनले विफल पारेको थियो । सुरुवात आक्रामक गरेका दुबै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

पानी परेपछि केही चिप्लो भएको मैदानमा दुबै टोलीका बल नियन्त्रणमा केही असहज भएको थियो । यद्यपि सम्हालिएको प्रदर्शन गरेका दुबै टोलीले गोलका लागि केही राम्रा अवसर भने बुनेका थिए । दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तराष्ट्रिय खेल मध्येबाट यो दोस्रो बराबरी नतिजा हो । बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नवौं मिनेटमा अमृता जैशीको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएर विफल पारेकी थिइन् । ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारको माथि लागेर बाहिरिएको थियो ।

यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिन सफल भएकी थिइन् । त्यसपछिको बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुके ।

खेलमा नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

  काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू