नाडाल, जोकोभिच र स्वार्जमेन फ्रेन्च ओपनको क्वाटरफाइनलमा



स्पेनी राफायल नाडाल, सर्बियन नोभाक जोकोभिच र अर्जेन्टिनी डिएगो स्वार्जमेन फ्रेन्च ओपन टेनिसको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् ।

गएराती भएको अन्तिम १६ को प्रतिस्पर्धामा नाडालले ईटालिका जानिक सिन्नरलाई सोझो सेटले हराउदै अघिल्लो चरणको यात्रा निश्चित पारे । पहिलो सेटमा ७–५ को संर्घषपुर्ण जित निकालेका नाडालले त्यसपछिका सेटमा ६–३ र ६–० को सहज नतिजा निकाले ।

ईटालीकै लोरेन्जो मुसेट्टी रिटायर्ट हर्ट भएपछि सर्बियन जोकोभिचले अन्तिम आठको यात्रा तय गरे । प्रतिस्पर्धात्मक खेलमा दुबैले २–२ सेट जितेपछि अन्तिम सेट चलिरेका बेला मुसेट्टी रिटायर्ट हर्ट भएका थिए ।

स्वार्जमेनले जर्मनीका जेन लिनार्ड स्ट्रफलाई सोझो सेटले स्तब्ध पारे । प्रतिस्पर्धात्मक खेलमा स्वार्जमेनले ७–६, ६–४ र ७–५ को जित निकाल्दै क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेका हुन् ।

चोटका कारण स्वीस रोजर फेडेररले चौथो चरणबाट नाम फिर्ता लिएपछि ईटालीका माटियो बेरेट्टीनी वाल्कओभर पाउदै अन्तिम आठमा प्रबेश गरे ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै अमेरिकी कोरी गौफ, ग्रीसकी मारिया साकिरी र पोल्याण्डकी ईगा स्वाटेकले क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।