सुर्खेत । सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा फोटो प्रसारण गरी धार्मिक आस्थामा असर पर्ने र सामाजिक सद्भाव खल्बल्याउने गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी करिब २४ वर्षीय समिर थापा, जसले आफूलाई ‘पाथीभारा माता’ भनेर चिनाउने गरेका थिए, लाई बुधबार राति करिब ८ः३० बजे पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा थापाले सामाजिक सञ्जालमा आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक विश्वासमा असर पार्ने तथा अनावश्यक विवाद उत्पन्न गराउन सक्ने प्रकृतिका भिडियो र फोटो सार्वजनिक गरेको पाइएको छ।
उक्त गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पर्न सक्ने देखिएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया