लियोनल मेस्सीलाई लगातार पाँचौ पटक पिचिची ट्रफि



बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् । सन् २०२०–२१ को सिजन ला लिगामा सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले लगातार पाँचौ पटक पिचिची ट्रफी आफ्नो नाममा लेखाएका हुन् ।

लगातार पाँच पटक यो अवार्ड जित्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।मेस्सीले यस सिजनको ला लिगामा ३५ खेल खेल्दै ३० गोल गरेका थिए । ट्रफी जितेपनि मेस्सीको टोली बार्सिलोनाले भने तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

पिचिची अवार्ड जित्नेक्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जेमालाई उछिने । बेन्जेमाले यस सिजन २३ गोल गरेका छन् । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल