ला लिगाको उपाधि एटलेटिको म्याड्रिडलाई
एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा भाल्लाडोलिडमाथि २(१ को जित निकाल्दै एट्लेटिकोले ११ औं पटक उपाधि जितेको हो ।
लिगा चरणको अन्तिम खेलको पहिलो हाफमै १–० ले पछि परेको अवस्था उल्टाउदै उसले पुनरागमन जितसंगै उपाधि हात पारेको हो । घरेलु मैदानमा खेलको १८ औं मिनेटमा ओस्कर प्लानोले भाल्लाडोलिडलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । त्यसको दश मिनेटपछि लुइस स्वारेजले गोल गर्दै उसलाई उपाधि जिताए ।
सन् २०१३ पछि एट्लेटिकोले पहिलो पटक उपाधि उचालेको हो । यसअघि १९३९, १९४०, १९४९, १९५०, १९६५, १९६९, १९७२, १९७६, १९९५ र २०१३ मा उसले ला लिगाको उपाधि जितेको थियो । गत सिजन बार्सिलोना छाडेर एथ्लेटिको गएका लुइस स्वारेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न महत्वपूर्ण योगदान गरेका थिए ।