पिएसजीलाई फ्रेञ्च कपको उपाधि



पिएसजीले सिजनको फ्रेञ्च कपको उपाधि जितेको छ। बुधबार भएको उपाधि भिडन्तमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो। पिएसजीले पछिल्लो सात सिजनमा छैटौं पटक कपको उपाधि जितेको हो।

पिएसजीलाई उपाधि दिलाउने क्रममा माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे। इकार्डीले खेलको १९ मिनेटमा एमबाप्पेले दिएको पासमा गोल गरेका थिए। ८१ मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर पारे। उनले डि मारियाको पासामा गोल गरे।

पिएसजीको सिजनमा यो दोस्रो उपाधि हो। फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी अंक तालिकामा भने दोस्रो स्थानमा छ। पिएसजी शीर्ष स्थानको लिलसँगै अन्तिम खेलअघि एक अंकले पछि छ। आगामी आइतबार लिगको अन्तिम चरणको खेलपछि लिग विजेताको टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौँ  । वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा

काभा भलिबलमा नेपाल विजयी

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

काठमाडौं ।  मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने

साफ महिला च्याम्पियनशिप फुटलबको तयारी पूरा

काठमाडौँ ।  नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल