लेस्टरले उचाल्याे पहिलाे एफ ए कपकाे उपाधि



चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ।ए कप फुटबलको उपाधि जितेको छ ।गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।

खेलको ६३ औं मिनेटमा लेष्टरका युरी टिलेमन्सले गरेको गोल नैं टोलीलाई पहिलो पटक एफ।ए कपको उपाधि जिताउन पर्याप्त बन्यो ।हारसँगै चेल्सीका प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्य अधुरै रह्यो ।

चेल्सीले यसै हप्ता लेष्टर सिटीसँग इंग्लीश प्रिमियर लिग फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ ।जारी लिगको शिर्ष चार स्थानमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्न यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । खेल आगामि बुधवार चेल्सीको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका