बार्सिलोना स्पेनिस ला लिगामा लेभान्टेसँग निराशाजनक बराबरी



स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाको उपाधि होडमा ठुलो धक्का लागेको छ । ३६ औ चरणको खेलमा गएराती लेभान्तेसंग बराबरीमा रोकिएसंगै बार्साको उपाधि यात्रा कमजोर बनेको हो ।

लेभान्तेको घरेलु मैदानमा २ पटक बनाएको अग्रता पनि बार्साले जोगाउन सकेन् । अन्तत उसले ३–३ गोलको बराबरीको नतिजामा चिक्त बुझायो ।
खेलको २५ औ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । पेड्रो गोन्जालेजले ३४ औ मिनेटमा गोल गर्दै पहिलो हाफमै बार्सालाई २–० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा घरेलु टोली लेभान्ते खेलमा फर्कियो ।

५७ औ मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्तेलाई २–१ को अवस्थामा पुर्याए । त्यसको २ मिनेटलगत्तै जोसे लुईस मोरालेसले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा बार्साले फेरी अर्को गोल थप्दै अग्रता कायम गर्यो । ६४ औ मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सालाई ३–२ को अवस्थामा पुर्याए । तर खेलको अनितम समयमा बार्साले लय गुमाउदा खेल बराबरीमा पुग्यो । ८३ औ मिनेटमा सर्जियो लियोनले गोल गर्दै बासंसंग अंक खोसेका थिए ।

बराबरीसंगै बार्साले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ३६ खेलबाट ७६ अंकसहित बार्सा दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ७७ अंकमा तालिकाको शीर्ष स्थानमा छ । गएराती नै ओसासुनाले काडिजलाई ३–२ ले हराउदा डिर्पोटिभो अलाभेषले ईल्चेलाई २–० ले स्तब्ध पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई