रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा



इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो लेगमा स्पेसिन क्लब रियल मड्रिडलाई २–० गोलअन्तरले हराउदै चेल्सीले समग्रमा ३–१ को नजितासहित फाईनलमा स्थान बनाएको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टिमको जितमा टिमो वेर्नर र मासोन माउन्टले समान एक–एक गोल गरे । खेलको २८औँ मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

अब चेल्सीले उपाधिका लागि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

मङ्गलबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

काठमाडौं । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक

युरोकपको नकआउट समीकरण पूरा

युरोकप २०२० मा लिग चरणका प्रतिस्पर्धा सकिएका छन् । यससँगै अन्तिम १६ मा

क्रोएसिया अन्तिम १६ मा

युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै

स्टर्लिङको गोलमा इंग्ल्याण्ड समूह विजेता

रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता