इंग्लिस प्रिमियर लिगमा वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित



इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलेलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ । वेस्ट ह्यामले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो ।

यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आशा जीवितै राखेको छ ।अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका थिए । उनले २१ र २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । उसका लागि १९ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए । जितपछि पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ ।

गएराति नै भएको अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।