चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा
चेल्सी र पेरिस सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनलको दोस्रो लेगमा एफसी पोटोसंग १–० ले पराजित भएपनि चेल्सीले समग्रमा २–१ को नतिजा निकाल्दै अनितम चारमा स्थान बनाएको हो ।
स्पेनमा भएको खेलमा पोर्टोलाई जिताउन मेहेदी टारेमीले ईन्ज्युरी समयमा गोल गरेका थिए । पहिलो लेगमा निकालेको २–० को नतिजानै चेल्सीलाई सेमिफाईनल प्रबेशका लागि पर्याप्त बनेको हो ।
दोस्रो लेगमा बायर्नसंग १–० ले पराजित भएपनि पिएसजी अवे गोलका आधारमा सेमिफाईनल प्रबेश गर्यो । समग्र नतिजा ३–३ गोलको भएपनि अवे गोलका आधारमा पिएसजी विजयी बनेको हो । बायर्नको मैदानमा भएको पहिलो लेगमा पिएसजी ३–२ ले विजयी भएको थियो ।
दोस्रो लेगमा गएराती बायर्नलाई जिताउन चौपो मोटिङले ४० औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा घरेलु टोलीमाथी निक्कै दबाव सृजना गरेपनि बायर्नले पाएका आधा दर्जन अवसर खेर फालेको थियो ।
क्वार्टरफाईनलको दोस्रो लेगमा आज बोरुसीया डर्टमण्ड र म्यानचेष्टर सिटी तथा लिभरपुल र रियल मड्रिड प्रतिस्पर्धा गर्नेछन् । पहिलो लेगमा सिटीले डर्टमण्डलाई २–१ ले हराएको थियो । लिभरपुल भने रियलसंग ३–१ ले पराजित भएको थियो ।