एपीएफका दिपेश र पुलिसका विष्णु क्वाटरफाइनलमा



काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफका धामीले शुक्रबार भएको खेलमा नेपाली सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै नेपाल पुलिसका कटुवालले सेनाका डेभिड थापालाई २३–२५, २१–१९ र २१–१७ अङ्कले पराजित गरेका हुन् ।

यसैगरी पुरुष एकलतर्फ सेनाका पविन लिनथेप, सेनाका रुकेश महर्जन र भोजबहादुर गुरुङ, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला एकलतर्फ धादिङकी तारा आले र नेपाली सेनाकी प्रार्थना देउवा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आलेले सेनाकी डेमोना केसीलाई २१–१० र २१–७ अङ्कले तथा देउवाले बुटवलकी प्रतिष्ठा अर्याललाई २१–६ र २१–७ को सोझो सेटमा पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य