सेना दिवसमा आयोजित पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई



तनहुँ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले बुधबार आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि तनहुँ शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले जितेका छन् । पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् । महिलातर्फ ऐरीले २३ मिनेट ३० सेकेण्डमा दुरी पार गरिन् । दुवैले जनही नगद १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरुषतर्फ मोरङका राम थापा १९ मिनेट ४१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । बागलुङका सुनिल केसी २० मिनेट ६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन् । दोस्रो र तेस्रोले क्रमशः दश हजार, पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिलातर्फ २४ मिनेट ४२ सेकेण्डमा दूरी पार गरेकी गुल्मीकी निर्मला थापा दोस्रो हुँदा दुई सेकेण्डले पछाडी परेकी तनहुँ थर्पुकी वर्षा श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । उनीहरुले क्रमशः  दश हजार र पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा चार सय भन्दा बढी धावकको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य