‘बी’ डिभिजन लिगमा टुसाललाई पराजित गर्दै श्री कुमारी विजयी



काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४–० गोलअन्तरले पराजित भएको हो ।

श्री कुमारीका लागि आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक एक गोल गरे । खेलको ११औँ मिनेटमा सन्तोष कुमार सिंहले पहिलो गोल गरे ।

यस्तै खेलको २४औँ मिनेटमा विवेक पुनले दोस्रो गोल गरे । पहिलो हाफको इनजुरी समयमा श्री कुमारीका लागि आशिष राईले तेस्रो गोल गरे । खेलको ६७औँ मिनेटमा आशिष राईले गोल गर्दै आफ्नो टोलीलाई चार शून्य गोलअन्तरले जित दिलाए । जितसँगै श्री कुमारीले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री कुमारी लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै टुसाल नौ अङ्कका साथ लिगको १०औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता

  झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय पुरुष

सरकारद्वारा पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई ६५ लाख नगद पुरस्कार प्रदान

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

मधेस प्रिमियर लिगमा मुख्यमन्त्रीको चासो, क्यान पदाधिकारीसँग छलफल

जनकपुर । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेस