पाँचौ टी–२० मा न्युजिल्यान्डको जित



अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिज घरेलु टिम न्युजिल्यान्डले जितेको छ । आइतबार विहान भएको पाँचौ तथा निर्णायक टी–२० खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो । पाँचौ खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १४२ रन जोड्यो।

उसका लागि म्याथ्यु वेडले ४४ रन जोड्दा आरोन फिञ्चले ३६ रन र मार्कस स्टोइनिस २६ रनको योगदान गरे । बलिङमा न्युजिल्यान्डका इश सोधिले ३ विकेट लिए भने टिम साउथी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

१४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो। न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले ७१ रन जोडे भने डेभन कनवेले ३६ रन बटुले । ग्लेन फिलिप्सले नटआउट ३४ रनको योगदान दिए । गुपटिल प्लेयर्स अफ दि म्याच र इश सोधि प्लेयर्स अफ दि सिरिज भए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।