वेष्ट ईण्डिजबिरुद्धको दोस्रो टि–२० मा श्रीलंका विजयी,वेस्टइन्डिज ४३ रनले पराजित



वेष्टईण्डिजबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी टोली श्रीलंका विजयी भएको छ । घरेलु टोलीलाई ४३ रनले हराउदै श्रीलंकाले ३ म्याचको सिरिज एक एकको बराबरीमा ल्याएको हो ।

एन्टीगुआमा श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली १८ दशमलव ४ ओभरमा १ सय १७ रनमा समेटियो । ओवेड म्याकवेले सर्बाधिक २३ रन बनाएको वेष्ट ईण्डिजको ईनिङसमा लेण्डल सिमोन्सले २१ र क्रिस गेलले १६ रन बनाए । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । श्रीलंकाका वानिन्दु डि सिल्भा र लेक्सन सन्दाकनले समान ३ तथा दुस्माथा चामेराले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले ६ विकेट गुमाएर १ सय ६० रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा दानुस्का गुनतिलकाले ५७ र पाथुम निशंकाले ३७ रनको योगदान गरे ।वेष्टईण्डिजका ड्वायन ब्राभोले २ विकेट हात पारे । श्रीलंकाका २ ब्याट्सम्यान रनआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको